२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसमा सहमहामन्त्री पदका लागि तीन महिला नेतृले उम्मेदवारी घोषणा गरेका छन्। केन्द्रीय कार्यसमितिका सदस्यहरू प्रतिमा गौतम, ईश्वरी न्यौपाने र सीता गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
गौतम २०७९ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सांसद बनेकी थिइन्। उनी नेपाल विद्यार्थी संघकी पूर्वमहामन्त्रीसमेत हुन्। न्यौपाने भने कांग्रेसकी पूर्वसचेतक तथा राज्य व्यवस्था तथा सुशासन समितिकी पूर्वसभापति हुन्। उनी यसअघि पनि पटक–पटक पार्टीको केन्द्रीय सदस्य रहिसकेकी छन्।
यस्तै, पूर्वमन्त्रीसमेत रहेकी गुरुङले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनी प्रतिनिधि सभामा समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीबाट सांसद भइसकेकी छन्। २०७९ मा उनी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहरी विकासमन्त्री बनेकी थिइन्।
नेपाली कांग्रेसमा हाल आठ सहमहामन्त्रीको व्यवस्था छ। तीमध्ये एक पद महिलाका लागि आरक्षित गरिएको छ। तीनै नेतृले संगठन सुदृढीकरण र पार्टीलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित आफ्नो उम्मेदवारी अघि सारेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij