Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट


  • 582
    Shares

    नेप्सेमा सामान्य गिरावट
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ८२ अंक घटेर २,५९८ को विन्दुमा कायम भएको छ । 

    आज १०९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५२ कम्पनीको १ करोड २६ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड माथिको शेयर कारोबार भएको छ ।

    बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.९७, विकास बैंक २७.०७, वित्त ७.३७, होटल ३८.२०, लगानी ०.१८, जीवन बीमा ४२.०३, उत्पादनमूलक २६.५८, लघुवित्त १.७२, निजर्जीवन बीमा १६.१२ र अन्य ४.०६ अंकले घटेको छ । त्यसैगरी व्यापार ३८, सामूहिक लगानी कोष ०.०५ र जलविद्युत् ०.७० अंक बढेको छ ।

    आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २२ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १८ करोड ७२ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ ।

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १५:४५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij