२०८३ कार्तिक २८ गते शनिवार
काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् ।
उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।\
घिमिरेले उनी पक्राउ परेको पुष्टि गरेपछि पक्राउको कारण भने खुलाएनन् ।
प्रहरी स्रोतका अनुसार, उनलाई विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि पक्राउ गरिएको हो ।
उमेश भने कांग्रेसका पूर्व कोषाध्यक्ष हुन् । पक्राउ परेका महेशसँग विचौलिया सापकोटाको बैंकिङ कारोबार देखिएको प्रहरी स्रोतको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij