Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान

छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान


  • 267
    Shares

    • images
    छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधाम आएर खरना विधिसँगै छठ पर्वको अनुष्ठान शुरु गरेकी छन्।

    छठ पर्व मनाउनकै लागि जनकपुरधाम गएकी निकिताले पर्वका सबै धार्मिक विधि पूरा गर्नछिन्। उनी जनकपुरधामस्थित गंगासागर पोखरीमा छठ पर्व मनाउने कार्यक्रम रहेको छ।

    जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोक निवासी नरेश साह र उनको पत्नी लक्ष्मी देवीको निवासमा निकिताले छठ पर्वका सम्पूर्ण धार्मिक अनुष्ठान गर्ने व्यवस्था मिलाइएको छ।

    सोही निवासमा खरना विधिसहित छठका अन्य परम्परागत अनुष्ठान सम्पन्न गरिने भएको छ।

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - ०५:११:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij