२०८३ कार्तिक २९ गते आइतवार
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल कार्तिक २९ गते । आइतबार । इस्वी सन् २०२६ नोभेम्बर १५ तारिख । नेपाल संवत् ११४७ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक शुक्लपक्ष । तिथि–षष्ठी, बेलुकी १० बजेर २६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–उत्तराषाढा, बेलुकी ९ बजेर १७ मिनेट उप्रान्त श्रवण । योग–गंड, रातको ६ बजेर १ मिनेट उप्रान्त वृद्धि । करण–कौलव, बिहान ९ बजेर २८ मिनेट उप्रान्त तैतिल, बेलुकी १० बजेर २६ मिनेट उप्रान्त गर । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मकर । छठ पर्व ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ९ मिनेट । दिनमान २६ घडी ५१ पला ।
आजको बार बेला ।
बिहान ६ बजेर २५ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर २६ मिनेटदेखि बिहान ७ बजेर ४६ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ४७ मिनेटदेखि बिहान ९ बजेर ६ मिनेटसम्म लाभ बेला ।
बिहान ९ बजेर ७ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २८ मिनेटदेखि बिहान ११ बजेर ४८ मिनेटसम्म काल बेला ।
बिहान ११ बजेर ४९ मिनेटदेखि दिउँसो १ बजेर ८ मिनेटसम्म शुभ बेला ।
दिउँसो १ बजेर ९ मिनेटदेखि दिउँसो २ बजेर २९ मिनेटसम्म रोग बेला ।
दिउँसो २ बजेर ३० मिनेटदेखि दिउँसो ३ बजेर ४९ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ३ बजेर ५० मिनेटदेखि बेलुकी ६ बजेर ४९ मिनेटसम्म शुभ बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो ३ बजेर ४९ मिनेटदेखि बेलुकी ५ बजेर ९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोटः राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ४९ मिनेटदेखि बिहान ५ बजेर ३७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी साथी शान्त रहेकाले सोचेको काम बन्नेछ। परिवारभित्र भने समय दिन नसक्दा खटपटी बढ्नेछ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आजको दिनलाई सदुपयोग गर्नुपर्ने छ। स्वास्थ्य र शिक्षाको लगानीले हौसला थपिने छ। परिवारमा मनमुटाव हुने जोखिम छ। थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। श्रमको मूल्य प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
दिन राम्रो छ। व्यापारमा नाफा हुनेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। लगानी गरेको क्षेत्रमा चिट्ठा पर्ने दिन छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिन राम्रो छ। सम्पत्ति बढ्नेछ। राजनीतिक क्षेत्रमा उपलब्धि हात लाग्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दिन राम्रो छ। गुरुसँगको भेटले मनमा शान्ति मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। आफन्तको सहयोग मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
दिन राम्रो छ। कृषि सम्बन्धीको व्यापारबाट नाफा हुनेछ। काम सहज बन्नेछ। परिवारमा रमाइलो घुमघाम तय हुनेछ। धार्मिक यात्रा हुने योग छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
दिन राम्रो छ। मानसम्मान मिल्नेछ । शिक्षामा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। कलाको क्षेत्रमा उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। परिवारको विवादबाट जोगिएर काम गर्नु उचित हुन्छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। तर खर्च बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दिन राम्रो छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। पुराना साथीसँगको भेटले नयाँ आयाम थपिने छन्। स्वास्थ्य र शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पठनपाठनमा मन जानेछ । सामाजिक काममा दिन बित्नेछ । सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।आफ्नो कामप्रति सन्तुष्टि बढ्नेछ। पारिवारिक मेलमिलाप हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आज पठनपाठनमा रुची बढ्नेछ । कतै नतिजा कुरेको भए तपाईको पक्षमा नतिजा आउनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्नेछन्।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दिन राम्रो छ। सम्पत्तिको स्रोत पत्ता लाग्नेछ। डुब्न लागेको धन प्राप्त हुनेछ। सहकर्मीसँगको सहकार्य सहज बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ। विदेशी लगानीमा नाफा हुनेछ।
तपाईँको दिन शुभ रहोस् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij