Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

६० वर्षमाथिका नागरिकले अब ‘गौँथली’ निःशुल्क हेर्न पाउने

६० वर्षमाथिका नागरिकले अब ‘गौँथली’ निःशुल्क हेर्न पाउने


  • 1.7K
    Shares

    ६० वर्षमाथिका नागरिकले अब ‘गौँथली’ निःशुल्क हेर्न पाउने
    images

    काठमाडौं । ज्येष्ठ नागरिकलाई फिल्म ‘गौँथली’ निःशुल्क हेर्न पाउने भएका छन्। भदौ १० देखि २१ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने भएका हुन्।

    यसका लागि खल्ती एपबाट यो टिकट काट्नु पर्नेछ। खल्तीमा आफूले काटेको पैसा फिर्ता आउनेछ।

    ‘खल्तीमार्फत् गरिएको टिकट खरिदको कारोबारको स्क्रिनसट पेस गरिएको हुनुपर्ने। ‘गौँथली’को तस्बिर\पोस्टर पृष्ठभूमिमा रहने गरी खिचिएको प्रयोगकर्ताको फोटो पेस गरिएको हुनुपर्नेछ,’ उनले भने, ‘खरिदको कुल टिकट मूल्य बराबरको रकम सम्बन्धित प्रयोगकर्ताको खल्ती वालेटमा जम्मा हुनेछ।’

    यस अभियानलाई सहयोग पुर्‍याउन, खल्तीमा एक लाख रुपैयाँ मात्र अग्रिम रकम जम्मा गरिने छ, जसबाट योग्य प्रयोगकर्ताहरूलाई रकम फिर्ता गरिनेछ।

    अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको ‘गौँथली’ इतिहासकै दोस्रो सर्वाधिक कमाउने नेपाली चलचित्र बनेको छ। यसले हालसम्म २५ करोड २२ लाख रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ।

    डा। भोला रिजालका छोरा डा। कपिल रिजालको निर्देशनमा बनेको ‘गौंथली’मा अरूण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ।

     

     

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १७:०५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij