२०८३ मंसिर ८ गते मंगलवार
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
सोमबार सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ४ सय रुपैयाँ पुगेको थियो ।
यसअघि गत कात्तिक २३ गतेदेखि एक सातासम्म लगातार घटेको सुनको मूल्य उक्त अवधिमा ४१ हजार ७ सय रुपैयाँले घटेको थियो । तर, पछिल्ला दुई दिनमा भने सुनको मूल्य ५ हजार ३ सय रुपैयाँले बढेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर ३ हजार १४५ रुपैयाँ कायम भएको छ ।
गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसयता झण्डै १० महिनामा सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँले घटेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij