२०८३ मंसिर ७ गते सोमवार
काठमाडौं । चलचित्र ‘बाटुलो जून’ले ११ दिनमा आठ करोडको आकडा पार गरेको छ ।
कात्तिक २६ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले आइतबारसम्म आठ करोड ३५ लाख कलेक्सन गरेको हो । । अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘बाटुलो जून’का दुई लाख ६९ हजार ५४४ टिकट बिक्री भएका छन् ।
अनमोलसँगै प्रिन्सी खतिवडा, भुवन केसी र गरिमा पन्त चलचित्रको मुख्य भूमिकामा छन् । ‘बाटुलो जून’लाई भुवन केसीले निर्देशन गरेका छन् ।
जिया केसी र भविष्य खड्का निर्माता रहेको ‘बाटुलो जून’मा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, रेअर राई लगाययतको पनि अभिनय छ । कृष्ण भण्डारीको सम्पादन रहेको चलचित्र सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका छन् ।
यसैबीच, रामबाबु गुरुङको निर्देशन गरेको चलचित्र ‘कबड्डी ५’ले १३ करोडको आकडा पार गरेको छ । दयाहाङ राई मुख्य भूमिकामा रहेको यो चलचित्रले आइतबारसम्म १३ करोड २६ हजार रुपैयाँ कलेक्सन गरेको छ ।
पल शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘आ बाट आमा २’ले पनि सात करोडको आकडा पार गरेको छ । यो सिनेमाले सात करोड १८ हजार रुपैयाँ कलेक्सन गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij