२०८३ मंसिर ८ गते मंगलवार
काठमाडौं । समलिंगी महिला जोडीले आईभीएफ प्रविधिमार्फत बच्चा जन्माएको छ । यो नेपालको इतिहासमा पहिलोपटक हो ।
वरदान आईभीएफ नेपालले यसलाई नेपालको प्रजनन स्वास्थ्य सेवामा नयाँ उपलब्धि भनेको छ ।
“हाम्रो केन्द्रमा उपचाररत एक समलिंगी महिला जोडीले आधुनिक सहायक प्रजनन प्रविधिको सहयोगबाट स्वस्थ शिशु छोरालाई जन्म दिन सफल हुनुभएको छ,” वरदान आईभीएफ नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ, “यो सुखद खबर सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ ।”
यो उपलब्धि एउटा परिवारको खुसीमा मात्र सीमित नभई नेपालमा प्रजनन स्वास्थ्य सेवा, आधुनिक चिकित्सा प्रविधि तथा विविध पारिवारिक संरचनाको सम्मानका दृष्टिकोणले समेत विशेष भएका वरदान आईभीएफ नेपालको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij