Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

धुर्मुस–सुन्तलीले अमेरिकामै बनाए नयाँ हास्य सिरियल

धुर्मुस–सुन्तलीले अमेरिकामै बनाए नयाँ हास्य सिरियल


  • 1.8K
    Shares

    धुर्मुस–सुन्तलीले अमेरिकामै बनाए नयाँ हास्य सिरियल
    images

    काठमाडौं । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट नयाँ हास्य सिरियल निर्माण गरेका छन् ।

    अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या हो’ राखिएको छ । सिरियलको निर्देशन पनि सीताराम कट्टेलले नै गरेका हुन् ।

    धुर्मुस–सुन्तली मिडियाले निर्माण गरेको यो सिरियलको छायांकन नर्थ क्यारोलाइनाका राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो लगायतका विभिन्न स्थानमा गरिएको छ ।

    सिरियल हरेक शुक्रबार नेपाली समयअनुसार साँझ ८ः१५ बजे धुर्मुस–सुन्तली युट्युब च्यानलमार्फत प्रसारण गर्ने तयारी गरिएको छ । अमेरिकामा भने शुक्रबार बिहान १०ः३० बजे प्रसारण हुनेछ ।

    धुर्मुसको चर्चित संवाद तथा थेगोबाट नाम लिइएको यो सिरियलमा सीताराम र कुञ्जना धुर्मुस–सुन्तलीकै भूमिकामा देखिनेछन् । साथै वरिष्ठ हास्य कलाकार मोहन मिश्र पनि मुख्य भूमिकामा छन् । लामो समयपछि मिश्र अभिनयमा फर्किएका हुन् ।

    सिरियलमा दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाईं, चुडा धिमाल, धर्म भारतीलगायत कलाकारको अभिनय रहेको छ । यसै सिरियलमार्फत धुर्मुस–सुन्तलीकी छोरी सुबिहानी कट्टेलले बाल कलाकारका रूपमा डेब्यु गरेकी छन् ।

    राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बज्गाईंको संगीत र राजेन्द्र मानन्धरको सम्पादन रहेको छ ।

    निर्माण पक्षका अनुसार सिरियलले अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्ष, अवसर, पारिवारिक सम्बन्ध, सामाजिक तथा सांस्कृतिक चुनौती र प्रवासी जीवनका अनुभवलाई हास्यव्यंग्यात्मक शैलीमा प्रस्तुत गर्नेछ । यसले विदेशमा नेपालीपन जोगाउने प्रयास र नयाँ पुस्ताको सोचलाई समेत कथावस्तुमा समेट्ने जनाइएको छ ।

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १३:०९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij