Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

राप्रपाको आकस्मिक केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

राप्रपाको आकस्मिक केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै


  • 323
    Shares

    राप्रपाको आकस्मिक केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्दैछ । दिउँसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    पार्टीको निर्णय विपरीत बागमती प्रदेशमा संसदीय दलका नेता उद्धव थापाले नेकपा एमालेबाट मुख्यमन्त्रीको उम्मेदवार रहेका किरण थापालाई समर्थन गरेको विषयमा निर्णय लिन बैठक बोलाइएको श्रेष्ठले बताएका छन् । 

    ‘पार्टीको निर्णय विपरीत बागमतीमा संसदीय दलको नेताले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ । राप्रपा भित्रको विवादका कारण मुख्यमन्त्री पदमा दाबी पेस गर्ने तयारी अन्योलमा परेको छ ।  

    images
    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - ११:०५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij