२०८३ मंसिर ११ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेस देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न पाँच वटा उपसमितिका संयोजकहरू मनोनयन गरेको छ ।
पार्टीको १५औँ केन्द्रीय महाधिवेशन मूल तयारी समितिका संयोजक डा.शशांक कोइरालाले मंसिर ९ गते बसेको तयारी समितिको बैठकको निर्णयअनुसार विभिन्न समितिका संयोजकहरूको जिम्मेवारी तोकेका हुन् ।
सो पार्टीको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार प्रचार प्रसार समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाश शरण महतलाई मनोनयन गरिएको छ ।
यसैगरी, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एन.पी. साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत मनोनीत भएका छन् ।
यस्तै, सांस्कृतिक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य विद्या तिमिल्सिनालाई दिइएको छ भने स्वास्थ्य समितिको संयोजकमा डा.अमित कार्की मनोनीत भएको विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij