Logo

२०८३ मंसिर ९ गते बुधवार

२०८३ मंसिर ९ गते बुधवार

कांग्रेसको दुवै समूहका केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेसको दुवै समूहका केन्द्रीय कार्यसमिति बैठक बस्दै


  • 232
    Shares

    • images
    कांग्रेसको दुवै समूहका केन्द्रीय कार्यसमिति बैठक बस्दै

    काठमाडौं ।  नेपाली कांग्रेसको संस्थापन र निवर्तमान सभापति शेरबहादुर देउवा समूहका केन्द्रीय कार्यसमिति बैठक बस्दैछन् । संस्थापनको पार्टी केन्द्रीय कार्यालय सानेपामा र देउवा समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बस्न लगेका हुन् । 

    दुवै समूहका बैठक बिहान ११ बजेदेखि सुरु हुनेछन् ।

    संस्थापनको हिजोदेखि सुरु बैठकमा महामन्त्री प्रदीप पौडेलले पेस गरेका संगठनको आगामी कार्यभार हामी तयार छौँ अभियान, भोटेकोशी र बूढीगण्डकी विपद् पछिको पुनःस्थापना र पुनर्निर्माण, विस्थापित सुकुम्वासीहरूको व्यवस्थापन लगायत नागरिक सरोकारका विषय, सरकारका पछिल्ला गतिविधिहरू, स्थानीय निर्वाचनबारे विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 

    यता देउवा समूहको बैठकमा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म गर्न लागेको समानान्तर महाधिवेशनको बारेमा छलफल गर्ने केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् ।

    प्रकाशित मिति :मंसिर ९ २०८३ बुधवार - १०:०९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij