२०८३ मंसिर १० गते बिहिवार
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आइतबारदेखि सातै प्रदेशमा नीति र नेतृत्वसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पार्टीका प्रवक्ता जगदीश खरेलले दिएको जानकारीअनुसार सङ्गठन सुदृढीकरण, पार्टीको नीति र नेतृत्वका विषयमा केन्द्रित रहेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
प्रशिक्षण कार्यक्रमको खाका तयार भइसकेको भन्दै उनले शनिबार सम्ममा आवश्यक सबै तयारी पूरा गरिने बताएका छन् । सातै प्रदेशमा सञ्चालन हुने कार्यक्रममा पार्टीको केन्द्रीय नेतृत्वको समेत सहभागिता रहने उनले जानकारी दिएका छन् ।
प्रशिक्षण कार्यक्रमका क्रममा सङ्गठन सुदृढीकरण सँगसँगै आगामी स्थानीय तहको निर्वाचन तयारी लगायतका विषयमा समेत छलफल गरिनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij