Logo

२०८३ मंसिर ११ गते शुक्रवार

२०८३ मंसिर ११ गते शुक्रवार

Advertisement

Advertisement

प्रधानमन्त्री वालेन्द्र शाह

राष्ट्रपतिलाई भेट्न शीतलनिवास जाँदै प्रधानमन्त्री शाह

राष्ट्रपतिलाई भेट्न शीतलनिवास जाँदै प्रधानमन्त्री शाह

images

  • 57
    Shares

    राष्ट्रपतिलाई भेट्न शीतलनिवास जाँदै प्रधानमन्त्री शाह
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि प्रधानमन्त्री वालेन्द्र शाह शीतलनिवास जान लागेका छन्। 

    प्रधानमन्त्री शाह दिउँसो ३ बजे राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास जान लागेको प्रधानमन्त्री कार्यालयले स्रोतले जानकारी दिएको छ। भारत भ्रमणका विषयमा ‘ब्रिफिङ’ प्रधानमन्त्री शाह राष्ट्रपतिलाई भेट्न लागेका हुन्। 

    प्रधानमन्त्री शाह मंसिर ६ गते दुई दिने राजकीय भ्रमणमा भारत गएका थिए। उनले भारतीय राष्ट्रपति द्रोपदी मुर्मू, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चस्तरीय पदाधिकारीसँग भेटवार्ता गरेका थिए। 

    यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए। आधा घण्टा भएको भेटवार्ता सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको लामिछानेका प्रमुख स्वकिय सचिव प्रदीप आचार्यले जानकारी दिए। 

    प्रकाशित मिति :मंसिर ११ २०८३ शुक्रवार - १५:१९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij