Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

नेप्सेमा गिरावट, लगानी समूह मात्रै बढ्यो

नेप्सेमा गिरावट, लगानी समूह मात्रै बढ्यो

images

  • 113
    Shares

    नेप्सेमा गिरावट, लगानी समूह मात्रै बढ्यो
    images

    काठमाडौं ।  आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव ८९ अंकले घटेर २,६३६ को विन्दुमा कायम भएको छ । 

    आज ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५५ कम्पनीको १ करोड ४६ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ । 

    त्यस्तै बैंकिङ समूह ०.९३, विकास बैंक ०.४८, फाइनान्स ०.४१, होटल तथा पयृटन ०.६२, जलविद्युत् ०.०९, जीवन बीमा ०.३४, उत्पादन तथा प्रशोधन ०.१८, निर्जीवन बीमा ०.४२, अन्य ०.१३ तथा व्यापार १.५२ प्रतिशत घटेको छ ।

    युनिक नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.८८ प्रतिशत बढेको छ । गार्डियन माइक्रोलाइफको ४.००, हाथवे इन्भेस्टमेन्टको ३.९८, एपोलो हाइड्रोपावरको ३.०२ प्रतिशत मूल्य बढेको छ ।

    एभरेस्ट कलरको मूल्य ४.६०, सर्वोत्तम पेन्ट्सको ३.४८, स्टान्डर्ड चार्टर्ड बैंकको ३.४८, जनउत्थान सामुदायिक लघुवित्तको ३.४१ प्रतिशत मूल्य घट्यो ।

    आज सबैभन्दा धेरै हिमालय ऊर्जा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड माथिको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको २२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १८ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  

     

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १५:३२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij