Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

प्रधानमन्त्री शाहको भारत भ्रमण ‘सामान्य र नियमित’ : प्रचण्ड

प्रधानमन्त्री शाहको भारत भ्रमण ‘सामान्य र नियमित’ : प्रचण्ड

images

  • 57
    Shares

    प्रधानमन्त्री शाहको भारत भ्रमण ‘सामान्य र नियमित’ : प्रचण्ड
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन्द्र शाहको हालै भएको भारत भ्रमणलाई सामान्य र नियमित रूपमा बुझेको प्रतिक्रिया दिएका छन् । 

    प्रधानमन्त्री शाहको भारत भ्रमणबारे आफ्नो धारणा राख्दै संयोजक प्रचण्डले भ्रमणका क्रममा कुनै नयाँ र तात्त्विक उपलब्धि नभएको टिप्पणी गरेका हुन् । कतिपयले उक्त भ्रमणलाई ‘विशिष्ट’ र ‘ऐतिहासिक’ भनी चर्चा गरे पनि त्यस्तो नभएको उनको भनाइ छ । 

    ‘मैले हेर्दाखेरी यो सामान्य र नियमित भ्रमणको रूपमा बुझेको छु। एउटा विशिष्टता जस्तो कोही कोहीले भन्न खोजेका छन्, बडा भयो, ऐतिहासिक भयो भनेका छन्, त्यो सही होइन, प्रचण्डले भने, ‘एकचोटी प्रधानमन्त्री जानुपर्थ्यो, जानुभयो। गएपछि केही कुरा हुन्थ्यो, भयो। तर, नयाँ र तात्त्विक कुरा भयो भन्ने लाग्दैन।’

     प्रचण्डले आफ्नो आधिकारिक भारत भ्रमणका बेला उठेका विषयहरूको स्तरमा समेत वर्तमान भ्रमण पुग्न नसकेको दाबी गरे । आफ्नो पालामा एयर रुट, विद्युत् व्यापार र सीमा सम्बन्धी विषयहरूमा ठोस पहल भएको स्मरण गर्दै उनले अहिलेको भ्रमणमा ती विषयहरू सैद्धान्तिक छलफलभन्दा अगाडि बढ्न नसकेको बताए । 

    ‘कमसेकम सिमानाको बारेमा मैले र मोदीजीले सार्वजनिक रूपमा प्रतिबद्धता व्यक्त गरेका थियौँ। अहिले त्यो स्तरमा पुगेन,’ उनले भने, ‘भैरहवा एयर रुटको कुरा, नेपालगञ्ज र धनगढीका कुरा त्यतिबेलै चलेको हो। अहिले सैद्धान्तिक रूपमा भन्दा बढी भएको मैले तात्त्विक रूपमा देखेको छैन।’

    यद्यपि, प्रधानमन्त्रीको भारत भ्रमण आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटलाई भने सकारात्मक रूपमा लिनुपर्ने बताए । 

    उनले भने, ‘तैपनि प्रधानमन्त्री भारत भ्रमणमा जानुपर्थ्यो, जानुभयो। मोदीजीसँग राम्रै अंकमाल गरेर आउनुभयो, त्यसलाई मैले सकारात्मक रूपमै लिनुपर्छ ।’

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १६:५५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij