२०८३ मंसिर ७ गते सोमवार
काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव २६ अंकले बढेर २,६२३ को विन्दुमा कायम भएको छ ।
आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३६० कम्पनीको १ करोड ८ लाख २६ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ समूहले नै आज बजार वृद्धिमा टेवा पुर्याएको छ । पूँजीकरण सबैभन्दा उच्च रहेको यो समूह ०.६५ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.५७, लगानी ०.२३ र अन्य ०.८१ प्रतिशत बढे ।
फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.२२, जलविद्युत् ०.२८, जीवन बीमा ०.०६, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.९६ तथा व्यापार समूह ०.६३ प्रतिशत घटे ।
मेन्छियाम हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशत बढ्यो । त्यस्तै माउन्टेन हाइड्रो नेपालको ५.६२, बुंगल हाइड्रोको ५.४९, रावा इनर्जीको ३.८३, सिनर्जी पावरको ३.१२ प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै भिजन लुम्बिनी ऊर्जाको ८.३३, स्वस्तिक लघुवित्तको ५.७१, नेपाल वेयरहाउजिङको ५.०३, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ४.०६, सुपर खुदी हाइड्रोपावरको ३.८५ प्रतिशत मूल्य घट्यो ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १५ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको १२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १२ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij