२०८३ मंसिर ४ गते शुक्रवार
काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शुक्रवार शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३८ अंकले घटेर २,६२१ को विन्दुमा कायम भएको छ ।
आज ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५२ कम्पनीको १ करोड ६ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ समूह ०.४० प्रतिशत बढ्यो भने अरु सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.३९ प्रतिशत घटेको छ । विकास बैंक ०.२३, फाइनान्स ०.५९, जलविद्युत् ०.२९, लगानी ०.२३, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन ०.८१, माइक्रोफाइनान्स ०.२३, निर्जीवन बीमा ०.२७, अन्य ०.७८ तथा व्यापार ०.५२ प्रतिशत घटेको छ ।
दोल्ती पावरको ५.४१, भूगोल इनर्जीको ४.२६, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३.४३, एभरेस्ट कलरको २.८३ प्रतिशत मूल्य बढेको छ । त्यस्तै पाल्पा सिमेन्टको ६.५५, स्वस्तिक लघुवित्तको ५.०५, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४.८१, त्रिशूली जलविद्युतको ३.२४ प्रतिशत मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको १४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको ११ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij