Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

१७ सदस्यीय मन्त्रिपरिषद्

मन्त्रिपरिषद्को मर्यादाक्रम फेरियो, सोविता गौतमको बढुवा हुँदा चार मन्त्री तल झरे

मन्त्रिपरिषद्को मर्यादाक्रम फेरियो, सोविता गौतमको बढुवा हुँदा चार मन्त्री तल झरे

images

  • 92
    Shares

    मन्त्रिपरिषद्को मर्यादाक्रम फेरियो, सोविता गौतमको बढुवा हुँदा चार मन्त्री तल झरे
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट बढुवा हुँदै तेस्रो स्थानमा पुगेकी छन्।

    राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार नयाँ मर्यादाक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल चौथो, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा रहेका छन्।

    गौतमको मर्यादाक्रम बढेसँगै यसअघि अगाडि रहेका यी चार मन्त्रीको स्थान तल सरेको हो।

    १७ सदस्यीय मन्त्रिपरिषद्का अन्य सदस्यहरूको मर्यादाक्रम भने यथावत् राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

    cabinet_6MVehnGqZN.webp

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १६:५१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij