२०८३ मंसिर ९ गते बुधवार
काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ८ दशमलव ६६ अंकले बढेर २,६४७ को विन्दुमा कायम भएको छ ।
आज १७० कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५६ कम्पनीको १ करोड ६५ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १४ करोड माथिको शेयर कारोबार भएको छ ।
बुधबारको कारोबारमा होटल र पर्यटन, उत्पादन र प्रशोधन, माइक्रोफाइनान्स समूहमा गिरावट देखिए पनि बाँकी समूहमा हरियाली छाएको छ।
त्यस्तै बैंकिङ समूह ०.२४, फाइनान्स ०.०७, जलविद्युत् ०.८८, लगानी ०.४०, जीवन बीमा ०.५१, निर्जीवन बीमा ०.१०, अन्य ०.१२ तथा व्यापार ०.५० प्रतिशत बढे । माइक्रोफाइनान्स ०.०९, होटल तथा पर्यटन ०.०४ र उत्पादन तथा प्रशोधन समूह ०.३६ प्रतिशत घटे ।
मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै १०.९८ प्रतिशत बढ्यो । हिमालय ऊर्जा विकासको ८.६२, कालिका लघुवित्तको ५.९६, मानुषी लघुवित्तको ५.५७, सिन्धु विकास बैंकको ५.०९, छ्याङ्दी हाइड्रोपावरको ४.८० प्रतिशत मूल्य बढ्यो ।
आज सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १७ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij