२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ६२ अंकले बढेर २,६२८ को विन्दुमा कायम भएको छ ।
आज १३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४७ कम्पनीको ९४ लाख ३७ हजार ८४२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड माथिको शेयर कारोबार भएको छ ।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.२९ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.५४, फाइनान्स ०.३५, उत्पादन तथा प्रशोधन ०.६७ र व्यापार ०.२३ प्रतिशत बढेको छ । विकास बैंक ०.०४, जलविद्युत् ०.०५, लगानी ०.३८, जीवन बीमा ०.२२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.३०, अन्य ०.५३ प्रतिशत घटेको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको १५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १२ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ५ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् । गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ४ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ४५ प्रतिशतका दरले गुमाएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij