Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

गोश्वारा हुलाकका नायब सुब्बाविरुद्ध अख्तियारको मुद्दा

गोश्वारा हुलाकका नायब सुब्बाविरुद्ध अख्तियारको मुद्दा

images

  • 540
    Shares

    गोश्वारा हुलाकका नायब सुब्बाविरुद्ध अख्तियारको मुद्दा
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छबि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले बुधबार विशेष अदालत, काठमाडौंमा रिजालविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको हो ।

    सेवाग्राहीको सामान हुलाकमार्फत विदेश पठाउने क्रममा घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले रिजाललाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

    आयोगको अनुसन्धानका क्रममा रिजालले आफ्नो पद र ओहदाको दुरुपयोग गरी आपसी मिलेमतोमा सेवाग्राहीसँग विभिन्न बहाना बनाई बार्गेनिङ गरेको पाइएको छ । सामान विदेश पठाउनका लागि सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता पर्वत गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।  

     

     

    प्रकाशित मिति :मंसिर ९ २०८३ बुधवार - १६:२६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij