२०८३ मंसिर ९ गते बुधवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनले नियमित स्वास्थ्य परीक्षण गराएको अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार राष्ट्रपति पौडेलको ओपीडीमा स्वास्थ्य परीक्षण गरिएको हो।स्वास्थ्यमा कुनै समस्या आएर अस्पताल भर्ना नभएको स्पष्ट पार्दै उनले परीक्षणपछि पौडेल डिस्चार्ज भइसकेको जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij