Logo

२०८३ मंसिर ९ गते बुधवार

२०८३ मंसिर ९ गते बुधवार

लैङ्गिक हिंसाविरुद्ध

लैङ्गिक हिंसाविरुद्ध माइतीघरमा शान्तिपूर्ण प्रदर्शन

लैङ्गिक हिंसाविरुद्ध माइतीघरमा शान्तिपूर्ण प्रदर्शन

images

  • 211
    Shares

    लैङ्गिक हिंसाविरुद्ध माइतीघरमा शान्तिपूर्ण प्रदर्शन
    images

    काठमाडौं ।  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत काठमाडौंको माइतीघर मण्डलामा महिलामाथि हुने हिंसा र विभेद अन्त्यको माग गर्दै प्रदर्शन गरिएको छ।

    युथ एड्भोकेसी नेपालको आयोजनामा भएको शान्तिपूर्ण प्रदर्शनमा सहभागीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद र छुवाछूत अन्त्य गर्न माग गरेका छन्। प्रदर्शनका क्रममा लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सडक नाटकसमेत प्रस्तुत गरिएको थियो।

    प्रदर्शनकारीहरूले राज्यका सबै तहमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। त्यस्तै, महिलाको रोजगार तथा स्वरोजगारमा पहुँच विस्तार गर्न र बालबालिकालाई समावेशी एवं गुणस्तरीय शिक्षाको अधिकार प्रदान गर्नुपर्नेमा जोड दिएका छन्।

    महिलामाथि हुने डिजिटल हिंसा, घृणा र साइबर बुलिङ अन्त्य गर्न पनि उनीहरूले माग गरेका छन्। समानता, न्याय र सुरक्षित समाज निर्माणका लागि लैङ्गिक हिंसाविरुद्ध सबै पक्ष जिम्मेवार बन्नुपर्ने आयोजकको भनाइ छ।

    प्रकाशित मिति :मंसिर ९ २०८३ बुधवार - १६:१३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij