२०८३ मंसिर ४ गते शुक्रवार
काठमाडौं । राप्रपाको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने भएका छन् ।
शाहीले आन्तरिक छलफलपछि मङ्सिर अन्तिम साता हुने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएका हुन् । शाहीले आज राजधानीको हार्दिक होटेलमा पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गर्न लागेको बताएका छन् ।
गत फागुनमा भएको निर्वाचनमा राप्रपाबाट एक्लो प्रत्यक्ष निर्वाचित शाही पार्टी संसदीय दलका नेता समेत हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij