२०८३ मंसिर ८ गते मंगलवार
काठमाडौं । बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका–१०, मझराकी कमला सिंह ठकुरीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
सोमबार साँझ करिब ५ बजे घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाले बालिकालाई आक्रमण गरी लगेको थियो ।
बालिकाको खोजी गर्ने क्रममा घरबाट करिब ३०० मिटर टाढा पश्चिम–दक्षिणतर्फ रहेको सिमलको झ्याङमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चितुवाको आक्रमणबाट बालिकाको घाँटी र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij