Logo

२०८३ मंसिर ८ गते मंगलवार

२०८३ मंसिर ८ गते मंगलवार

नेपालमा खुल्दै आईआईटी क्याम्पस, विश्वकै तेस्रो देश बन्ने

नेपालमा खुल्दै आईआईटी क्याम्पस, विश्वकै तेस्रो देश बन्ने


  • 309
    Shares

    • images
    नेपालमा खुल्दै आईआईटी क्याम्पस, विश्वकै तेस्रो देश बन्ने

    काठमाडौं । नेपाल आईआईटी (भारतीय प्रविधि संस्थान) को क्याम्पस खुल्ने विश्वको तेस्रो देश बन्ने भएको छ । यसअघि तान्जानियाको जान्जिबार र संयुक्त अरब इमिरेट्समा आईआईटीले आफ्ना क्याम्पसहरू स्थापना गरिसकेको छ । 

    प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको आर्थिक प्याकेजको घोषणा गर्नुका साथै नेपालमा आईआईटी क्याम्पस खोल्ने घोषणा समेत गरेका हुन् । 

    भारतका दुईवटा आईआईटीले विदेशमा आफ्ना क्याम्पसहरू सुरु गरिसकेका छन् । ती क्याम्पसहरू तान्जानिया र संयुक्त अरब इमिरेट्स ९यूएई० मा रहेका छन् । 

    विदेशमा पहिलो आईआईटी क्याम्पस सन् २०२३ मा खुलेको थियो भने दोस्रो सन् २०२४ मा सुरु भएको हो । यस हिसाबले नेपाल आईआईटीको अफसोर क्याम्पस खुल्ने तेस्रो देश बन्नेछ ।

     

    प्रकाशित मिति :मंसिर ८ २०८३ मंगलवार - ०९:५५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij