२०८३ मंसिर ६ गते आइतवार
काठमाडौं । नेपाल सरकारको चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफ्री, बिएएसएलपी र ब्यास्लर इन परफ्युजन टेक्नोलोजी शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको परीक्षा निर्देशनालयले गत कार्तिक १६ गते सञ्चालन गरेको परीक्षामा सहभागी भई योग्यताक्रममा सफल उम्मेदवारहरूको नतिजा शनिबार सार्बजनिक गरेको हो । परीक्षार्थीहरूले आफ्नो प्रोफाइलमार्फत प्रकाशित नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ।
आयोगले सार्वजनिक गरेको सूचनाअनुसार उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा गलत तरिकाले भरेका उम्मेदवारहरूको उत्तरपुस्तिका रद्द गरिएको छ । यसैगरी, पुनर्योेग सम्बन्धी जानकारी भने पछि आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij