२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातकोत्तर तह पहिलो सेमेस्टरको भर्ना कार्यक्रम सार्वजनिक गरेको छ।
शुक्रबार प्रकाशित सूचनाअनुसार मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन, वन विज्ञान, कृषि, पशु विज्ञान तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसमा नयाँ विद्यार्थी भर्ना गरिनेछ।
विद्यार्थीले मंसिर महिनाभित्र आवेदन फाराम बुझाउनुपर्नेछ भने कक्षा सञ्चालन २०८३ माघदेखि सुरु हुनेछ। विश्वविद्यालयका अनुसार अन्तिम परीक्षा २०८४ जेठमा सञ्चालन हुनेछ र नतिजा भदौमा प्रकाशित गरिनेछ।
भर्नाका लागि विद्यार्थीले सम्बन्धित क्याम्पसमा छुट्टाछुट्टै आवेदन दिनुपर्नेछ। आवेदनसँगै फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ। प्रवेश परीक्षा तथा भर्नासम्बन्धी थप जानकारी सम्बन्धित डिन कार्यालयले उपलब्ध गराउनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij