२०८३ मंसिर १ गते मंगलवार
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुलाएको छ।
आयोगले मंगलबार सूचना जारी गर्दै न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक उम्मेदवारका लागि मंसिर ७ गतेदेखि अनलाइन आवेदन माग गरेको हो।
आयोगका अनुसार उम्मेदवारले पुस ७ गते राति १२ बजेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन्। उक्त अवधिमा आवेदन दिन छुटेकाले दोब्बर दस्तुर तिरेर पुस १४ गते राति १२ बजेसम्म दरखास्त पेस गर्न सक्नेछन्।
आवेदनका क्रममा उम्मेदवारले हालसालै खिचेको फोटो, दस्तखतको नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र तथा तालिमको प्रमाणपत्रलगायत आवश्यक कागजात अनलाइन फाराममा अपलोड गर्नुपर्नेछ।
परीक्षासम्बन्धी थप विवरण तथा आवश्यक जानकारी आयोगको आधिकारिक वेबसाइटमा प्रकाशित सूचनामार्फत प्राप्त गर्न सकिनेछ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij