Logo

२०८३ कार्तिक २७ गते शुक्रवार

२०८३ कार्तिक २७ गते शुक्रवार

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी


  • 183
    Shares

    • images
    त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ।

    शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिविका उपकुलपति प्राडा भोला थापासहित शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन तथा मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो।

    छलफलमा विश्वविद्यालयको संस्थागत पहिचान बलियो बनाउने, अनुसन्धानमूलक गतिविधि बढाउने, पठनपाठन प्रभावकारी बनाउने र शैक्षिक क्षमताका आधारमा विद्यार्थी कोटा निर्धारण गर्ने विषयमा जोड दिइएको थियो।

    त्यसैगरी, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन तथा सम्बन्धन वितरणलाई मापदण्डमा आधारित बनाउने, उच्च शिक्षामा लगानी बढाउने र विश्वविद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्ने विषयमा पनि छलफल भएको थियो।

    शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले विद्युतीय हाजिरी प्रणालीले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्‍याउने बताए। उनले सम्बन्धन वितरणमा संख्यात्मक विस्तारभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

    उनले सम्बन्धन प्राप्त क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था अनिवार्य गर्नुपर्ने बताए। साथै, विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजाने, शैक्षिक सत्र व्यवस्थित गर्ने र त्रिविको जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए।

    छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी गराइएको थियो।

    त्रिविका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताए। उनले उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता जनाए।

    मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताए। यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उनको भनाइ थियो।

    प्रकाशित मिति :कार्तिक २७ २०८३ शुक्रवार - १४:४७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij