Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा


  • 267
    Shares

    • images
    दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

    काठमाडौं । दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो–जिनले विश्वविद्यालय प्रवेश परीक्षामा चोरी रोक्न सरकारले अपनाएका आकस्मिक उपायको जिम्मेवारी लिँदै राजीनामा दिएका छन् ।

    बिहीबार सम्पन्न वार्षिक विश्वविद्यालय प्रवेश परीक्षा ‘सुनुङ’मा एआईको प्रयोग गरी चोरी हुन सक्ने आशंकापछि सरकारले अन्तिम समयमा कडा निगरानीका उपाय लागू गरेको थियो । 

    तर, परीक्षाकै दिन देशभरका मोबाइलमा पटक–पटक आकस्मिक सूचना पठाउने, परीक्षार्थीका लुगा र चस्मा जाँच गर्ने जस्ता कदमले विद्यार्थी र सर्वसाधारणलाई असहज बनाएको भन्दै सरकारको व्यापक आलोचना भएको थियो । 

    आलोचनापछि शिक्षामन्त्री चोइले परीक्षाअघि आवश्यक तयारी गर्न नसकेको स्वीकार गर्दै त्यसको जिम्मेवारी आफूले लिनुपर्ने बताउँदै राजीनामा दिएका हुन् । राष्ट्रपति ली जे म्युङले उनको राजीनामा स्वीकृत गरेका छन् ।

    परीक्षामा चोरी गर्ने विषयमा विवाद चर्किनुको कारण अप्रिलमा भएको राष्ट्रिय कर लेखा परीक्षा (ट्याक्स अकाउन्टेन्सी) का उत्कृष्ट परीक्षार्थी हान वोन–सोकको स्वीकारोक्ति थियो । 

    ३४ वर्षीय हानले सूक्ष्म क्यामेराबाट प्रश्नपत्रको तस्बिर खिचेर एआईमा पठाएको र मोबाइलबाट उत्तर जाँचेर सारेको बताएका थिए । त्यसपछि सरकारले सुनुङ परीक्षामा पनि यस्तै घटना हुन नदिन आकस्मिक निगरानी बढाएको थियो । 

    परीक्षा चलिरहेका बेला बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म तीनपटक देशभरका मोबाइलमा चेतावनी सन्देश पठाइएको थियो ।यस वर्ष करिब पाँच लाख विद्यार्थी सहभागी परीक्षामा १११ जना अनधिकृत स्मार्ट उपकरणसहित फेला परेको शिक्षा मन्त्रालयले जनाएको छ । करिब नौ घण्टासम्म चल्ने सुनुङ परीक्षा दक्षिण कोरियामा विद्यार्थीको उच्च शिक्षा र भविष्यको पेसा निर्धारण गर्ने महत्त्वपूर्ण परीक्षा मानिन्छ ।

    एजेन्सी

     

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - १६:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij