Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

माइक्रोबस चोरीको आरोपमा दुई जना पक्राउ

माइक्रोबस चोरीको आरोपमा दुई जना पक्राउ


  • 344
    Shares

    • images
    माइक्रोबस चोरीको आरोपमा दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलबाट हराएको माइक्रो बस चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    प्रहरीका अनुसार गत कात्तिक २९ गते साँझमनमती करिडोरस्थित सामुदायिक भवन नजिक खाली जग्गामा पार्किङ गरेर राखिएको बा १ ज ९८०५ नम्बरको माइक्रोबस हराएको थियो । माइक्रोबस हराएको सूचनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा मंसिर २ गते कलंकीबाट चोरी भएको गाडी फेला पारेको थियो ।

    सो माइक्रोबस चोरीमा संलग्न भएको आरोपमा प्रहरीले शनिबार स्वयम्भूस्थित बुद्ध पार्कबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

    पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा छन् ।

     

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - १५:५८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij