Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

नेपालले यूएईलाई ६ विकेटले हरायो

नेपालले यूएईलाई ६ विकेटले हरायो


  • 22
    Shares

    • images
    नेपालले यूएईलाई ६ विकेटले हरायो

    काठमाडौं । एसिया कप राइजिङ स्टार्समा नेपालले पहिलो जित निकालेको छ ।

    भर्खरै सम्पन्न खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको हो । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल गरेको छ ।

    आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

    भुर्तेलले ५६ बलमा ६ चौका र १ छक्कासहित ५७ रन बनाए । मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रन बनाए । यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए भने उदीस सुरी र अंश टन्डनले १-१ विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनएको थियो । यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए ।

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - १६:५७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij