Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु

गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु


  • 1.5K
    Shares

    • images
    गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु

    काठमाडौं । भारतको राजस्थानस्थित कोटामा भक्तजन बोकेको एउटा गाडी सडक छेउमा पार्क गरिएको ट्रकसँग ठोक्किँदा एकै परवारका ९ जनाको मृत्यु भएको छ ।

    समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने अन्य केही जना घाइते भएका छन् । कोटाका अतिरिक्त जिल्ला कलेक्टर राजेश जोशीका अनुसार १६ जना सवार गाडी मध्यरातमा शम्भुपुरा नजिकै ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

    खाटुश्यामको भ्रमण गरेर महाराष्ट्र फर्किने क्रममा गाडी दुर्घटनामा परेको उनले बताए । उनका अनुसार मृत्यु हुनेमा सबै एकै परिवारका थिए ।

     

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - १३:०४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij