Logo

२०८३ मंसिर ५ गते शनिवार

२०८३ मंसिर ५ गते शनिवार

मध्य पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प

मध्य पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प


  • 267
    Shares

    • images
    मध्य पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । मध्य पेरुमा शुक्रबार ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट घरहरूमा सामान्य क्षति, विद्युत् सेवा अवरुद्ध र राजमार्गमा आवागमन प्रभावित भएको छ । मानवीय क्षति भने भएको छैन ।

    स्थानीय समयानुसार शुक्रबार साँझ ७ः०९ बजे जुनिन सहरबाट ३० किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर १२९ किलोमिटर गहिराइमा भूकम्प गएको पेरुको रक्षा मन्त्रालयले जनाएको छ ।

    अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस)ले पनि भूकम्पको तीव्रता ६.७ म्याग्निच्युड मापन गरेको छ । तर, यूएसजीएसले भूकम्प १०८ किलोमिटर गहिराइबाट गएको जनाएको छ ।

    भूकम्पको धक्का महसुस भएपछि राजधानी लिमाको मिराफ्लोरेस क्षेत्रमा सयौँ मानिस घर तथा कार्यालयबाट बाहिर निस्किएका थिए । यसको धक्का लिमासहित अन्कास, इका, उकायाली, सेरो डे पास्को, हुआनुको र कालाओमा समेत महसुस गरिएको थियो ।

    पेरुको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा निरन्तर निगरानी भइरहेको जनाएको छ ।

    पहाडी क्षेत्रमा पहिरो खसेको विवरण प्राप्त भएको छ । यद्यपि, ठूलो भौतिक क्षतिको विवरण आएको छैन ।

    प्रकाशित मिति :मंसिर ५ २०८३ शनिवार - १७:४३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij