२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । चीनमा सन् २०१९ मा सार्वजनिक भएको एउटा अनौठो घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो। एक महिलाले आफ्नो प्रिय कुकुरको मृत्युपछि जन्मिएको छोराको हातमा कुकुरकै शरीरमा रहेको जस्तै जन्मचिन्ह देखेपछि उनी भावुक बनेकी थिइन्।
चीनकी वाङ नामकी महिलाले बाल्यकालदेखि नै रेनो नामको सामोयड जातको कुकुर पालेकी थिइन्। करिब १२ वर्षसम्म साथ दिएको रेनोको एउटा पञ्जामा कालो दाग थियो। लामो समयको साथपछि रेनोको मृत्यु भयो।
अचम्मको संयोग त के भयो भने, रेनोको मृत्यु भएकै दिन वाङले आफू गर्भवती भएको थाहा पाइन्। केही महिनापछि उनले छोरालाई जन्म दिइन्। टुआन टुआन नाम राखिएको उक्त बालकको बायाँ पाखुरामा पनि रेनोको पञ्जामा रहेको जस्तै खैरो दाग देखियो।
छोराको जन्मचिन्ह र रेनोको पुरानो तस्बिर तुलना गर्दा दुवैमा समानता देखिएपछि वाङ निकै भावुक बनिन्। त्यसपछि सामाजिक सञ्जालमा रेनो पुनर्जन्म लिएर बालकका रूपमा फर्किएको हुन सक्ने भन्दै विभिन्न अड्कलबाजी हुन थाले।
यद्यपि, वाङले आफू पुनर्जन्ममा विश्वास नगर्ने बताउँदै यसलाई असाधारण संयोगका रूपमा लिएकी छन्।
रेनो अहिले उनीसँग छैन, तर छोराको हातमा रहेको त्यो सानो जन्मचिन्हले उनलाई आफ्नो प्रिय साथीको सम्झना दिलाइरहन्छ। कहिलेकाहीँ जीवनमा हुने साना संयोगले पनि माया र सम्झनालाई जीवनभरका लागि अमर बनाइदिन्छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij