Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

न्यायाधीशका पीएसओ प्रहरी हवल्दारले आफैंलाई गोली हाने, उपचारका क्रममा मृत्यु

न्यायाधीशका पीएसओ प्रहरी हवल्दारले आफैंलाई गोली हाने, उपचारका क्रममा मृत्यु


  • 610
    Shares

    • images
    न्यायाधीशका पीएसओ प्रहरी हवल्दारले आफैंलाई गोली हाने, उपचारका क्रममा मृत्यु

    काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) ले आफैंलाई गोली प्रहार गर्दा मृत्यु भएको छ ।

    मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा डीआईजी गोविन्द थपलियाले बताए ।

    गोली प्रहारपछि घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । टोखा बस्दै आएका उनले बिहीबार साँझ टोखामा आफैंलाई गोली प्रहार गरेको एक अनुसन्धान अधिकृतले बताए ।

    न्यायाधीशको सुरक्षाका लागि बोक्दै आएको पेस्तोलले आफैंलाई गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । यसको कारण भने खुल्न बाँकी नै छ ।

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - ११:४६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij