Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

प्रधानमन्त्री आइतबार दिउँसो भारत जाने, सोमबार साँझ स्वदेश फर्कने

प्रधानमन्त्री आइतबार दिउँसो भारत जाने, सोमबार साँझ स्वदेश फर्कने


  • 288
    Shares

    • images
    प्रधानमन्त्री आइतबार दिउँसो भारत जाने, सोमबार साँझ स्वदेश फर्कने

    काठमाडौं । प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् ।

    नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने प्रधानमन्त्री सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक मध्याह्नभोजमा पनि उनी सहभागी हुनेछन् ।

    भ्रमणकै क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै, आइतबार नै भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

    भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन् । साथै, दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ ।

    परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारत भ्रमणबारे औपचारिक जानकारी दिइएको हो 

     

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - १२:१५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij