२०८३ मंसिर ४ गते शुक्रवार
काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनबारे प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछ ।
आयोगले राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सभापति र अध्यक्षहरूसँग छलफल गर्न लागेको हो । उक्त छलफलमा सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने ती दलका नेताहरूले बताएका छन् ।
निर्वाचन आयोगले प्रदेश तथा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा अलग अलग गर्ने भन्ने बारेमा दलहरूको धारणा बुझ्न प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्न लागेको हो । बैठकमा नेताहरू पुग्ने क्रम जारी रहेको छ ।




© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij