२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । दाङको लमहीमा भ्रमण बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । लमही नगरपालिका-९ शिव खोला नजिकै पूर्वपश्चिम राजमार्गमा भे१ख ३१३० नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो ।
लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुरतर्फ फर्कँदै गरेको उक्त बस अनियन्त्रित भई पल्टिँदा १४ जना घाइते भएको दाङका डीएसपी डा। हेमबहादुर केसीले जानकारी दिएका छन् ।
केसीका अनुसार बसमा चालक र सहचालक सहित ५३ जना सवार थिए । घाइतेहरूको उद्धार गरी उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij