२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । काठमाडौंका एक दर्जनभन्दा धेरै ठाउँमा आजदेखि दुई सातासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ।
विद्युत् प्राधिरकणले बिहीबार सूचना जारी गर्दै आजदेखि यही मंसिर १२ गतेसम्म कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न ठाउँमा दैनिक साढे ५ घण्टा विद्युत् आपूति बन्द हुने जनाएको हो।
विद्युतीय वितरण लाइन भूमिगत गर्नको लागि आजदेखि १२ दिनसम्म बिहान १०:३० बजे देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
आज बलम्बु थानकोट सब स्टेशन अन्तर्गतको बल्खुखोला पुल र नैकाप क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदैछ।
सूची सहित

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij