२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं विश्वका प्रदूषित सहरमध्ये तेस्रो स्थानमा परेको हो।
आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक १८३ पुगेको छ।
सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ। लाहोरको वायु गुणस्तर सूचकांक ३२५ रहेको छ भने दोस्रो स्थानमा रहेको बंगलादेशको ढाकाको २५६ रहेको छ।
आईक्यूएयरको तथ्यांकअनुसार काठमाडौंको वायु प्रदूषणको स्तर अस्वस्थकर तहमा पुगेको देखिएको छ। यस्तो अवस्थामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्न सक्छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij