Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल

आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल


  • 92
    Shares

    • images
    आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुने बताएका छन्। 

    बिहीवार काठमाडौंमा आयोजित एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा राजनीतिक शक्तिबीच तिब्र प्रतिष्पर्धा हुने बताएका हुन् । थापाले घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए आगामी वर्ष २०८४ निर्वाचन र चुनावी संघर्षको वर्ष हुने उल्लेख गरेका छन् । उनले आगामी निर्वाचनमा पपुलिस्ट शक्तिहरूले आफ्नो राजनीतिक वर्चश्व कायम गर्न खोज्ने र त्यसको प्रतिवाद लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूले गर्नुपर्ने बताएका छन् ।  

    उनले स्थानीय तह, प्रदेश सभा, राष्ट्रियसभा र राष्ट्रपति पदमा आफूहरूले कायम राखेको राजनीतिक प्रभाव जोगाउन एमालेले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताएका छन्। त्यसका लागि पार्टीभित्रको एकता सुदृढ गर्न र राजनीतिक प्रतिस्पर्धीका गतिविधिप्रति सचेत रहन उनले नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। 

    विगतको निर्वाचनमा एमालेले आफ्नो प्रमुख प्रतिस्पर्धी पहिचान गर्न र आफ्ना कमजोरी बुझ्न नसकेको समीक्षा गर्दै उनले आगामी निर्वाचनका लागि पार्टीले रणनीतिक तयारी गर्नुपर्नेमा जोड दिएका छन्।  

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - ११:०८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij