२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । पोखराको एक सुनचाँदी पसलबाट तिलहरी चोरी गरेको आरोपमा ६६ वर्षीया एक ग्रिक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ग्रिस देशकी नागरिक काल्लिपी स्टेफानो छिन्।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २, मोहोरिया टोलस्थित यसोदा ज्वेलर्सबाट गत कात्तिक २९ गते बिहान रातो पोतेसहितको तिलहरी चोरी भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पसलमा जडान गरिएको सीसीटीभी फुटेजका आधारमा अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा मंसिर १ गते साँझ ५:०० बजे पोखरा महानगरपालिका वडा नम्बर ४, गैह्रापाटनस्थित पन्थी गल्लीबाट ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। रीतपूर्वक खानतलासी गर्दा उनले भिरेको झोलाभित्रबाट चोरी भएको रातो पोतेसहितको एक थान तिलहरी फेला परेको थियो।
बरामद भएको उक्त गहना पसल सञ्चालकबाट समेत सनाखत भइसकेको छ।
गहनासहित पक्राउ परेकी ती महिलाविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । ‘जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ,’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij