Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

सुमो दुर्घटना

सुमो दुर्घटनाका चालकले भने– झ्याप्प आँखा बन्द भयो, केही देखिनँ

सुमो दुर्घटनाका चालकले भने– झ्याप्प आँखा बन्द भयो, केही देखिनँ


  • 463
    Shares

    • images
    सुमो  दुर्घटनाका चालकले भने– झ्याप्प आँखा बन्द भयो, केही देखिनँ

    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–स्थित भैंसेमा बिहीबार बिहान सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा सुमो चालकसहित अन्य सात जना घाइते भएका छन् ।

    रौतहटको चपुरबाट काठमाडौं जाँदै गरेको सुमो अनियन्त्रित भएर सडकबाट तल खसेको हो । दुर्घटनापछि घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौंडा ल्याइएको छ ।

    घाइते सुमो चालक कालुमान लोप्चनका अनुसार गाडी दुर्घटनामा पर्नुअघि उनलाई अचानक अन्धकार देखिएको थियो । ‘गाडी खस्नुअघि मेरो आँखा झ्याप्प बन्द भएजस्तो भयो, अन्धकार देखेँ । त्यसपछि गाडी सडकबाट तल खस्यो,’ उनले भने ।

    दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :मंसिर ३ २०८३ बिहिवार - १०:२०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij