२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । पछिल्लो पाँच दिनमा मात्रै प्रतितोला २६ हजार ७ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि थप ३ हजार ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता निरन्तर घट्दै आएको छ । कात्तिक १७ गते सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेको थियो भने कात्तिक २९ गते १ हजार ५ सय, ३० गते १ हजार १ सय, मंसिर १ गते १ हजार ९ सय र मंसिर २ गते ६ हजार ३ सय रुपैयाँले घटेको थियो ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ३ हजार ३ सय ३५ रुपैयाँमा झरेको छ ।
यसअघि गत माघ १५ गते सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै, गत माघ १५ गते चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो । यो पनि नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो । यसअघि माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै ठूलो गिरावटका रूपमा रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij