२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँ रहेको चाँदी आज घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज सुन प्रतिदश ग्राम २ लाख २३ हजार ६८० रुपैयाँ र चाँदी प्रतिदश ग्राम २ हजार ८९८ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij