२०८३ मंसिर २ गते बुधवार
काठमाडौं। नेपालमा तीव्र गतिमा विस्तार भइरहेको र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आएको वाई(फाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ।
यस एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेटसम्बन्धी विभिन्न जानकारी र सेवाहरू अब सजिलै आफ्नै मोबाइलबाट प्रयोग गर्न सक्नेछन्।
ग्राहकहरूलाई इन्टरनेट सेवा प्रयोग गर्न र व्यवस्थापन गर्न अझ सहज बनाउने उद्देश्यले यो एप ल्याइएको कम्पनीले जनाएको छ। यस एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेटको भुक्तानी विवरण हेर्न, वाइफाइको नाम र पासवर्ड परिवर्तन गर्न, इन्टरनेटमा जोडिएका उपकरणहरू हेर्न र इन्टरनेट प्रयोगको विवरण थाहा पाउन सक्नेछन्।
त्यसैगरी, ग्राहकहरूले नेटटिभी तथा राउटरसम्बन्धी जानकारी हेर्नुका साथै कुनै समस्या आएमा समाधानका लागि सपोर्ट टिकट समेत पठाउन सकिन्छ।
यस एपले ग्राहकहरूलाई सामान्य कामका लागि बारम्बार फोन गर्नुपर्ने झन्झट कम गर्नुका साथै आवश्यक सेवा र जानकारी आफ्नै मोबाइलबाट छिटो र सजिलै प्राप्त गर्न मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ।
कम्पनीका अनुसार, ग्राहकहरूलाई इन्टरनेट सेवा मात्र नभई त्यससँग जोडिएका सबै सुविधा पनि सहज रूपमा उपलब्ध गराउन यो एप ल्याइएको हो। वाई(फाई नेपाल एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेट आफैँ व्यवस्थापन गर्न र आवश्यक जानकारी जुनसुकै समयमा सजिलै प्राप्त गर्न सक्नेछन्।
वाई(फाई नेपालको मोबाइल एप अहिले गुगल प्ले स्टोरमा उपलब्ध छ। ग्राहकहरूले प्लेस्टोरबाट एप डाउनलोड गरी यसमा उपलब्ध सुविधाहरू प्रयोग गर्न सक्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij